रोहित र कोहली चम्किदा भारतको शानदार जीत

Uncategorized

 काठमान्डौ अस्ट्रेलिया विरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । आज भएको अन्तिम तथा निर्णायक खेलमा अस्ट्रेलियालाई ७ विकेट पराजित गर्दै भारतले सिरिज आफ्नो पक्षमा पारेको हो।अष्ट्रेलियाले दिएको २८७ रनको लक्ष्य भारतले ४७.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।भारतका लागि ओपनर रोहित शर्माले सर्वाधिक ११९ रन बनाए त्यस्तै अर्का ओपनर के एल राहुलले १९ रन बनाए कप्तान कोहलिले ८९, श्रीयस एय्यरले नट आउट ४४ र मनिष पाण्डेले नटआउट ८ रन बनाए।

बलिङतर्फ अष्ट्रेलियाका जोस हेजलबुड, एस्टन अगर र एडम जाम्पाले समान एक एक विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २८६ रन बनाएको थियो।अष्ट्रेलियाका लागि स्टेभन स्मिथले सर्वाधिक १३१ रन बनाए । त्यस्तै डेभिड वार्नरले १८, फिन्चले १९, लाबुसेनले ५४, एलेक्स केरीले ३५ रन बनाउदा अन्य ब्याटसम्यानले राम्रो प्रदर्शन गर्न सकेनन । बलिङमा भारतका लागि समिले ४ विकेटले लिए त्यस्तै रबिन्द्र जडेराले 2, कुलदिप र नभ्दिपले समान एक एक विकेट लिए।

हे वाचा:   भयंकर दात दुखी दूर करेल हा साधा सोपा उपाय, 100% दाढ दुखी थांबणारा उपाय.!

Leave a Reply

Your email address will not be published. Required fields are marked *