निर्माणाधिन खेलकुद पूर्वाधार प्राथमिकतामा

Uncategorized

आगामी आर्थिक वर्षको बजेटले निर्माणाधिन खेलकुद पूर्वाधार सम्पन्न गर्न प्राथमिकता दिने भएको छ।आगामी वर्षको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले निर्माणाधिन खेलकुद पूर्वाधारलाई प्राथमिकता दिइने बताएका हुन्।’खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै यस क्षेत्रको समग्र विकास गरिनेछ,’ उनले भने,’खेलकुदका निर्माणधिन राष्ट्रिय र क्षेत्रीय स्तरका ठूला पूर्वाधार सम्पन्न गर्न प्राथमकिता दिइनेछ।’

कोरोना भाइरसका कारण समग्र आर्थिक क्षेत्रलाई असर गर्ने भए पनि खेलकुदका निर्माणाधिन पूर्वाधार सम्पन्न गर्ने अर्थमन्त्रीको भनाइ छ।चालु आर्थिक वर्ष २०७६/७७ का लागि युवा तथा खेलकुद मन्त्रालयकलाई ३ अर्ब ९९ करोड बजेट छुट्याएको थियो। यो बाहेक १३औं दक्षिण एसियाली खेलकुदका लागि साढे तीन अर्ब बढी बजेट दिइएको थियो। चालु आर्थिक वर्षका लागि सरकारले काठमाडौंमा अन्तर्राष्ट्रिय खेलकुद परिषद बनाउन बटेज छुट्याएको थियो। यस्तै प्रत्येक प्रदेशमा रंगशाला निर्माण र सबै स्थानिय तहमा खेल ग्राम निर्माणका लागि पनि बजेट छुट्याएको थियो। तर यी योजना पूरा भएका छैनन्। सेतोपाटी

हे वाचा:   या एका पदार्थांमध्ये अंडी, दूध, मांस पेक्षा जास्त प्रोटीन मिळते, आजपासून प्रत्येकाने आपल्या आहारात याचा उपयोग करायला हवा.!

Leave a Reply

Your email address will not be published. Required fields are marked *