आइपिएल आयोजनाका लागि सबै विकल्पमा काम गर्दै बिसिसिआई

Uncategorized

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिता खाली रंगशालामा भए पनि गर्ने योजना बनाएको छ।बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले कोरोना भाइरसका कारण स्थगित भएको आइपिएल गर्नका लागि सबै विकल्पमा काम गरिरहेको भन्दै राज्य क्रिकेट संघहरूलाई पत्र पठाएका छन्।’बिसिसिआईले आइपिएल आयोजनाका लागि गर्न सकिने जित सबै विकल्पमा काम गरिहेको छ।

हामी खाली रंगशालामा समेत खेल खेलाउन तयार हुनुपर्छ,’ गांगुलीले भनेका छन्,’फ्यान, फ्रेन्चाइज, खेलाडी, बोर्डकास्टर्स, प्रायोजक र सबै स्टेकहोल्डरहरुको चाहानाअनुसार सिजनको आइपिएल आयोजनका लागि सम्भावनाहरूको खोजी भइरहेको छ।’यता आइपिएल दोस्रो देशमा गर्ने विषयमा पनि कुराकानी भइरहेको अध्यक्ष ब्रिजेस पेटलले बताएका छन्।बिसिसिआईको मुख्य आम्दानी आइपिएलबाट हुने गर्छ। सन् २०१७ मा आइपिएलको मिडिया अधिकार २.५५ बिलियन अमेरिकी डलरमा बेचिएको थियो। यो अवस्थामा सिजनमा आइपिएल नभए बिसिसिआईले ५३० मिलियन अमेरिकी डलर भन्दा बढी रकम मिडियाअधिकारबाट मात्र गुमाउनु पर्नेछ।

हे वाचा:   गुडघे दुखतात का.? वाटीभर गूळ येईल मदतीला धावून.! गुडघे दुखी साठी अशा प्रकारे वापरा गूळ.! गुडघे दुखणे होईल बंद.!

कोरोना भाइरसका स्थगित भएको आइपिएलका लागि अहिले मुख्य चुनौती आयोजना मिति बनेको छ। यसअघि अप्रिल-मे आयोजना हुने आइपिएलका लागि डिसेम्बरसम्म समय छैन। एसिया कप, टी-२० विश्वकप र आइसिसी विश्व टेस्ट च्याम्पियनसिपका सिरिजका कारण आइपिएल गर्न कठिन छ।टी-२० विश्वकप स्थगित भएको अवस्थामा बिसिसिआईले त्यहि समयमा मौका छोप्न चाहेको छ। यद्यपी आइसिसीले टी-२० विश्वकपको विषयमा अर्को महिना मात्र निर्णय गर्नेछ। यदि आइपिएलले समय पाएमा पनि भारतीय सरकारको अनुमति अनिवार्य हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *