आइपिएल आयोजनाका लागि सबै विकल्पमा काम गर्दै बिसिसिआई

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिता खाली रंगशालामा भए पनि गर्ने योजना बनाएको छ।बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले कोरोना भाइरसका कारण स्थगित भएको आइपिएल गर्नका लागि सबै विकल्पमा काम गरिरहेको भन्दै राज्य क्रिकेट संघहरूलाई पत्र पठाएका छन्।’बिसिसिआईले आइपिएल आयोजनाका लागि गर्न सकिने जित सबै विकल्पमा काम गरिहेको छ। […]

Continue Reading

सागमा दोहोरो स्वर्ण जितेका मण्डेकाजी भन्छन्- म पहिला प्रहरी अनि खेलाडी

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठ प्रहरीको ड्युटीमा खटिएका छन्। करातेबाट दुई स्वर्ण जितेका श्रेष्ठसँगै उसुबाट स्वर्ण जितेकी जुनी राई पनि ड्युटीमा खटिएका हुन्। दुवै जना नेपाल पुलिस क्लबमा आवद्ध खेलाडी हुन्।कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि दुवै जना प्रहरी तालिम केन्द्र महाराजगञ्जमा बिहीबारदेखि ड्युटीमा खटिएका हुन्। ड्युटीमा खटिँदा […]

Continue Reading

लकडाउनले विश्वका सहरहरुकाे वायुको गुणस्तरमा सुधार

काठमाडाैं- लकडाउनका कारण विश्वका विभिन्न सहरहरुको वायुको गुणस्तरमा सुधार आएको पाइएको छ। लकडाउनपछि ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लीनरी स्टडिजका नेपालका तीनजना र जर्मनी तथा अष्ट्रेलियाका तीनजना अनुसन्धानकर्ताहरुले करिब तीन हप्ता गरेकाे अनुसन्धानले विश्वका सहरहरुमा वायु प्रदूषण उल्लेख्य घटेको देखाएको हाे। ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लीनरी स्टडिजका अनुसन्धानकर्ता र अनुसन्धानमा संलग्न वैज्ञानिक उतमबाबु श्रेष्ठका अनुसार वायु प्रदूषणको मात्रा […]

Continue Reading

सिरी ए अगस्त २ सम्मका लागि स्थगित

एजेन्सी । इटालियन सिरी ए अगस्ट २ सम्मका लागि स्थगित भएको इटालियन फुटबल संघले जनाएको छ । कोरोना भाइरसका कारण स्थगित भएको लिग अगस्त २ सम्मका लागि सरेको हो ।यसअघि सिरी ए क्लबहरुले लिग मेमा सुरु हुन सक्ने आशा गरेका थिए । यता युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले कोरोना भाइरसका कारण रोकिएका सबै लिगलाई सुरु […]

Continue Reading

असारसम्म भुक्तानी गर्ने व्याजमा सहुलियत दिने राष्ट्र बैंकको घोषणा

काठमाडौं ।राष्ट्र बैंकले असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने व्याजमा सहुलियत दिने घोषणा गरेको छ । राष्ट्र बैंकको ६५ औँ वार्षिक उत्सवको अवसरमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बक्तव्य जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।राष्ट्र बैंकले चालू आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने व्याजमा सहुलियत दिने गभर्नर अधिकारीको भनाइ छ । उनले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा […]

Continue Reading

निर्माणाधिन खेलकुद पूर्वाधार प्राथमिकतामा

आगामी आर्थिक वर्षको बजेटले निर्माणाधिन खेलकुद पूर्वाधार सम्पन्न गर्न प्राथमिकता दिने भएको छ।आगामी वर्षको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले निर्माणाधिन खेलकुद पूर्वाधारलाई प्राथमिकता दिइने बताएका हुन्।’खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै यस क्षेत्रको समग्र विकास गरिनेछ,’ उनले भने,’खेलकुदका निर्माणधिन राष्ट्रिय र क्षेत्रीय स्तरका ठूला पूर्वाधार सम्पन्न […]

Continue Reading

छोटो समयमा सम्पन्न गर्ने गरी आईपीएलको तयारी सुरु

नयाँ दिल्ली भारतको चर्चित इण्डियन प्रिमियर लिग (आईपीएल) छोटो समयमा सम्पन्न गर्ने गरी तयारी सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको आईपीएलको आयोजना बारे तयारी सुरु भएको हो ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) कम समयमा धेरै खेल खेलाउदै प्रतियोगिता सम्पन्न गर्ने योजनामा छ । भारतीय सञ्चार माध्यमका अनुसार आईपीएलको कोराना महामारीका बीच पनि […]

Continue Reading

एक लाख स्वास्थ्यकर्मीलाई निःशुल्क टिकट दिदै कतार एयरलाइन्स

काठमाडौं – कतार एयरवेजले एक लाख स्वास्थ्यकर्मीहरुलाई निःशुल्क यात्रा गराउने भएको छ ।कोरोना भाइरसको महामारीबिरुद्ध लडिरहेका स्वास्थ्यकर्मीहरुलाई हौसला प्रदान गर्न होलिडे प्याकेज अन्तर्गत यो योजना ल्याइएको एयरवेजले जनाइएको छ । निःशुल्क टिकट प्राप्त गर्ने स्वास्थ्यकर्मीहरुले कतार एयरवजले उडान भर्ने विश्वका जुनसुकै मुलुकमा जान पाउने छन् ।डाक्टर, नर्स, ल्याब टेक्निसियन लगायतका स्वास्थ्यकर्मीहरुले लाभ लिन सक्ने यो […]

Continue Reading

कोरोनालाई पराजीत गर्न सरकारले अबलम्बन गर्यो यस्तो नीति

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पहिलेको भन्दा अलि फरक नीति अवलम्बन गरेको बताउनुभएको छ । सोमबार चीन सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण समारोहमा बोल्दै मन्त्री ढकालले पहिला कोरोना नेपालमै प्रवेश गर्न नदिने नीति अख्तियार गरेको भए पनि अहिले विस्तार हुन नदिने नीति अबलम्बन गरिएको बताउनुभयो । […]

Continue Reading

बिग ब्यास लिगमा सन्दिपको टिमको खेल आज

माघ ६, काठमाडौ  बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले आफ्नो बाह्रौं खेल सिड्नी सिक्सससँग खेल्दैछ । मेलवर्नमा हुने खेल नेपाली समय अनुसार दिउँसो १ बजेर २५ मिनेटबाट सुरु हुनेछ । जारी लिगमा ११ खेलमा १० मा जित निकाल्दै लिगको शिर्ष स्थानमा रहेको मेलबर्ल स्टार्स र ६ खेलमा जित र […]

Continue Reading